यो रथयात्रालाई अधुरो नछोड्नुस् : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई अगाडि बढ्न आग्रह गरेका छन् । आइतबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटनसत्रमा दुई नेतालाई भने, अगाडि बढ्नुस् । यो रथयात्रालाई अधुरो नछोड्नुस् । यसलाई एउटा निर्णायक ठाउँमा पुर्‍याउनुस्, उनले भने । आगामी निर्वाचनमा ५० प्रतिशत युवा अनुहार देख्न चाहेको बताए । कांग्रेसले कमसेकम ५० प्रतिशत नयाँ अनुहार अबको निर्वाचनमा गएको देख्न चाहन्छ । जेनजीका भावना बोकेका प्रतिनिधित्वलाई उभ्याएको पार्टीको रूपमा देख्न चाहन्छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *