कांग्रेस फुटाउने होइन, सिंगो बनाउने हो : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले कांग्रेस नफुट्ने प्रतिवद्धता जनाएका छन् । विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यो भीड होइन, कांग्रेस फुटाउने होइन, सिंगो कांग्रेसको नेतृत्व गर्छौँ, उनले भने, आवेगमा होइन, कांग्रेस बदल्ने निर्णय हलले गर्नेछ ।

आवेगमा होइन विवेकले निर्णय लिनेछ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन प्रतिनिधिले रुपान्तरित कांग्रेस खोजेको बताएका छन् । पार्टीभित्रको कमजोरीको हिस्सा हामी ड्राइभिङ सिटको नजिक बसेका हामीले पनि लिन्छौँ, उनले भने, बनेको परिस्थिति सामना गर्न मनस्थिति पुरानो राखेर हुँदैन । बदल्नुपर्छ । पुरानो बानी राखेर नयाँ देश बनाउन नसकिने बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *