४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरे नामावली दर्ता
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि अहिलेसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नामावली दर्ता गराएका छन् । कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । विशेष महाधिवेशन उद्घाटन समारोहमा दिइएको जानकारीअनुसार अहिलेसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नामावली दर्ता गराएका छन् । ४९.३४ प्रतिशत भनेको २३ सय बढी महाधिवेशन प्रतिनिधि सहभागी हुनु हो ।
















