भागबन्डाका लागि वार्ता गरेका होइनौं : विशेष महाधिवेशन पक्षधर

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले आफूहरू भागबन्डाका लागि वार्ता समिति बनाएर अघि नबढेको स्पष्टीकरण दिएको छ । महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले नेताहरूले संस्थापन पक्षसँग वार्ता चलाइरहेको भए पनि त्यो भागबन्डाका लागि नभएको बताए ।

‘यो विशेष महाधिवेशन सतप्रतिशतका लागि हो ४० प्रतिशतका लागि हैन,’ उनले भने, ‘हामीले भागबन्डा गर्न पठाएका होइनौं । वार्ता हाम्रो नेतृत्व परिवर्तनका लागि हो ।’ कांग्रेस पार्टीको विशेष महाधिवेशनको सबै जरा यही रहेको भन्दै हेप्ने अधिकार कसैलाई नभएको उनले बताए । उनले निर्वाचन कार्यतालिका आइसकेको भन्दै सभापति शेरबहादुर देउवालाईसमेत महाधिवेशनमा मनोनयन गर्न आग्रह गरे । पोखरेलले नेतृत्वसँग संवाद र प्रकृया पनि सँगसँगै हुने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *