मनोनयन दर्ताबाहेक बाँकी तालिका भोलिका लागि सारियो
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका निम्ति उमेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधबार (पुस ३०)का लागि सारिएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार, आज मनोनयन दर्ता भइसकेपछि बाँकी तालिका भोलिबाट कार्यान्वयनमा आउनेछ । मनोनयनपत्र दर्ताका निम्ति यसअघि मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो । पछि मनोनयनपत्र बेलुका ५ बजेपश्चात् दर्ता गरिने भनिएको थियो । त्यसपछि पनि साँझ साढे ६ बजेका लागि सारिएको थियो । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबार (पुस २७)देखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ ।
















