सबैलाई मिलाएर अघि बढ्छौँ : महामन्त्री घिमिरे
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सबैलाई मिलाएर लैजाने बताएका छन् । निर्वाचन आयेगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि प्रतिक्रिया दिँदै घिमिरेले आयोगले गरेको निर्णय अत्यन्तै सकारात्मक रहेको बताए । उनले हिजोका सबै मतभेद बिर्सिएर सँगसँगै अघि बढ्ने आह्वानसमेत गरेका छन् । ‘कांग्रेस सबैको घर हो । हिजोका तितामिठा कुरा बिर्सिएर सँगसँगै अघि बढ्नुपर्नेछ,’ उनले भने, ‘पार्टीका सम्पूर्ण साथीहरू र अग्रजहरूलाई हाम्रो आग्रह छ– सबै जना एक ठाउँमा बसौँ र अघि बढौँ ।’
















