कांग्रेसले अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने प्रतिबद्धता
काठमाडौं । काठमाडौंको बानेश्वरस्थित अर्पण ब्यांकेटमा बसेको पहिलो बैठकले नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले कुनै पनि अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने प्रतिबद्धता जनाएको छ । पार्टी बैठकपछि कांग्रेस प्रवक्ता देवराज चालिसेले कुनै पनि अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने प्रतिबद्धता जनाएको जानकारी सञ्चारकर्मीलाई दिए ।
आगामी निर्वाचनमा कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हामी गर्ने छैनौँ भनेर फेरि पनि हामीले कमिटमेन्ट गर्यौं । सबै सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौँ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौँ। प्रवक्ता चालिसेले विशेष गरेर जेनजी आन्दोलनपछि प्रकट भएको नवयुवाको आकांक्षालाई प्रतिनिधित्व गर्दै जनताको अपेक्षालाई साकार पार्न कांग्रेस बैठकले दृढता व्यक्त गरेको पनि बताए । बैठकले पार्टीमा देउवाले पुर्याएको योगदान र नेतृत्वको उच्च मूल्यांकनसहित आभार व्यक्त गर्ने, निवर्तमान केन्द्रीय कार्यसमिति र कांग्रेस नेतालाई पार्टीको काममा फर्कन आग्रह, चुनावमा टिकट वितरणका लागि सभापति गगन थापाको नेतृत्वमा संसदीय बोर्ड गठन, निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गनेलगायत निर्णय लिएको थियो ।
















