भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष न्यौपानेद्वारा पदभार ग्रहण

काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कृष्णमुरारी न्यौपानेले सोमबार पदभार ग्रहण गरेका छन् । गत पुस २५ र २६ गते सम्पन्न संघको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष न्यौपानेलाई निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबन्जाले पदस्थापन गराएका हुन् । पदस्थापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, संघका पूर्वअध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष न्यौपानेले आफूलाई संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित गराउन सहयोग गर्ने पूर्वअध्यक्षहरु, पूर्व पदाधिकारीहरु एवं कार्यसमिति सदस्यहरु, सदस्यहरु लगायत सम्पूर्णलाई धन्यवाद दिए । उनले जिल्लाका उद्योगी, व्यवसायीहरुको हित, संस्थागत सुदृढीकरण, सामाजिक उत्तरदायित्व निर्वाह लगायतलाई संघले प्राथमिकता दिएर कार्य गर्ने बताए ।

३८ औं वार्षिक साधारणसभाबाट पारित संघको भावी योजना तथा कार्यक्रमहरु गर्दै वैधानिक लक्ष्य प्राप्तिका लागि संघ अग्रसर हुने उनको भनाइ छ । संघको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति, साधारण सदस्यतर्फको उपाध्यक्षमा दिनेश गोसाई, वस्तुगत सदस्यतर्फको उपाध्यक्षमा विश्वराम दुवाल, एशोसिएट सदस्यतर्फको उपाध्यक्ष गणेशहरि प्रजापति, महासचिवमा रुकेश रंजित, सचिवमा गौतम सुजखू र कोषाध्यक्षमा रंजित मारिखू निर्वाचित भएका थिए । यसैगरी, कार्यसमिति सदस्यहरुमा नारायणप्रसाद भुसाल, अनिल शिवाकोटी, अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, गणेशभक्त गोसाई, महेशकुमार शर्मा, राजेश त्वानाबासू (राजु), राधाकृष्ण सापकोटा, सन्तोषकुमार मिश्र, सुरेन्द्र प्रजापति र श्यामप्रसाद मानन्धर निर्वाचित भए । महिलातर्फ कार्यसमिति सदस्यमा मञ्जु सुवेदी र सरस्वती कार्की तथा वस्तुगततर्फ कार्यसमिति सदस्यमा कृतन अवाल निर्वाचित भए भने कार्यसमिति सदस्यमै एशोसिएटतर्फ बिजोन त्वानाबासू र शिशिर किसी निर्वाचित भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *