कांग्रेसको १५औं महाधिवेशन वैशाखमा गर्नु व्यवहारिक छैन : महामन्त्री घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको १५औं महाधिवेशन आगामी वैशाखमा गर्नु व्यवहारिक नभएको बताएका छन् । बिहीबार पत्रकारहरूसँग कुरा गर्दै घिमिरेले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको कार्यकाल एक बर्षभन्दा बढी लम्ब्याउन नमिल्ने भन्दै पुस मसान्तसम्म महाधिवेशन गर्नुपर्ने बताएका हुन् । ‘एक वर्षभन्दा बढी यसलाई लम्ब्याउन सक्दैनौँ । हामी बाँधिएका छौँ, ‘वैशाखमा गर्न कति सकिन्छ ? कति व्यवहारिक हुन्छ ? घोषणामात्रै गरेर हुँदैन । निर्वाचनको परिणाम आएर सरकार गर्दा नगर्दै चैत लागिसक्छ वैशाखमा गर्न व्यवहारिक म देख्दिनँ ।’ यसअघि गगनकुमार थापाले सभापति निर्वाचित भएलगत्तै वैशाखमा नियमित महाधिवेशन गर्ने बताएका थिए । त्यसो भएकोले पुस मसान्तभित्र गरिसक्नुपर्छ । पूर्वनिर्धारित समयमा म व्यवहारिक देख्दिाँ ।
















