आयोगले छाप्न थाल्यो प्रत्यक्षतर्फको मतपत्र

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत अधिकारीहरूले मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको कामको निरीक्षण गरे । निरीक्षणपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ सुरु भएको जानकारी दिए ।

मतपत्र छाप्ने काम करिब १५ दिनभित्र सम्पन्न हुने उनले बताए । समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको उनले जानकारी दिए । आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको भण्डारीको भनाइ छ । मतदानअघि मतपत्रको सुरक्षाका साथै निर्वाचनको सबै तयारी गरेको उनको भनाइ छ । यसअघि जनक शिक्षाले प्रत्यक्षतर्फ करिब ११ लाख नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *