आज र भोलि यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार (आज( र बुधबार (भोलि( सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात,वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। विभागले नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको प्रभाव देखिएको जानकारी दिएको हो। महाशाखाका अनुसार आज र भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा पनि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागमा मेघगर्जन,चट्याङ्ग सहित वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएको छ। यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन समेत विभागले भनेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *