प्रभु महालक्ष्मी लाइफको नगद लाभांश शेयरधनीलाई वितरण

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश शेयरधनीहरूलाई वितरण गरेको छ। साधारणसभाले पुस २० गतेसम्म कायम शेयरधनीका लागि आर्थिक वर्ष २०८१।८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर सहित) वितरणको प्रस्ताव पारित गरेको थियो। सभाले पारित गरेको सोही ४ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीले डिम्याट खातामा उल्लेख गरेको बैंक खातामा पुस ३० गतेदेखि वितरण गरेको हो। बोनस शेयर भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता तथा सूचीकृत भएपछि मात्रै शेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *