कांग्रेसलाई बलियो बनाउने, हुर्काउने मधेशको जिम्मा हामी लिन्छौँ : सभापति थापा
काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं सर्लाही–४ का उम्मेदवार गगन थापाले आफूहरूलाई बनाएको मधेशलाई अब आफ्नो पार्टीले बनाउने बताएका छन् । सर्लाही ४ मा चुनावी सभालाई सम्बोधन गर्दै थापाले कांग्रेसलाई सधैं न्याय गरेको मधेश बनाउने संकल्प लिएर आफू आएको बताएका हुन् । ‘पाँच वर्ष कांग्रेसले यो समयको सदुपयोग गर्छ । त्यसको लागि कांग्रेस आएको छ । त्यसको लागि सबैभन्दा ठूलो तागत कांग्रेस कहाँबाट प्राप्त गर्न चाहन्छ ? कांग्रेस मधेशबाट प्राप्त गर्न चाहन्छ । मधेश कांग्रेसको जन्मभूमि हो । कांग्रेसलाई बनाएको, कांग्रेसलाई सम्हालेको, कांग्रेसलाई हुर्काएको, कांग्रेसलाई बलियो बनाएको यही धर्तीले हो । यसैले टिकाएको हो,’ थापाले भने, ‘ त्यसकारणले गर्दा आज नेपाली कांग्रेस पार्टी आफ्नो सभापतिलाई यही मधेशको उम्मेदवार बनाएर सिंगो मधेशमा होमिन आएको छ कि, मधेशको जिम्मा हामी लिन्छौँ । मधेशको माग हामी पूरा गर्छ । अब ५ वर्ष नेपालको संसद हुन्छ । यो ५ वर्षको संसदको समय अब नेपालले खेर फाल्न सक्दैन । यो समय नेपालको आर्थिक प्रगतिको समय हुनुपर्छ । यो समय नेपालको खेतीकिसानी गर्ने मानिसहरूको अवस्था बदल्ने समय हुनुपर्छ। यो समय बेरोजगार युवाहरूले रोजगार प्राप्त गर्ने समय हुनुपर्छ । यो समय हाम्रो विद्यालयको र हाम्रो स्वास्थ्य चौकीको अवस्था बदलिने समय हुनुपर्छ । ५ वर्ष कांग्रेसले यो समयको सदुपयोग गर्छ । त्यसको लागि कांग्रेस आएको छ । त्यसको लागि सबैभन्दा ठूलो तागत कांग्रेस कहाँबाट प्राप्त गर्न चाहन्छ ? कांग्रेस मधेशबाट प्राप्त गर्न चाहन्छ । मधेश कांग्रेसको जन्मभूमि हो । कांग्रेसलाई बनाएको, कांग्रेसलाई सम्हालेको, कांग्रेसलाई हुर्काएको, कांग्रेसलाई बलियो बनाएको यही धर्तीले हो । यसैले टिकाएको हो । हामीले थुप्रै गल्तीहरू गर्यौँ। ती गल्तीहरू सुधार्ने संकल्प सहित आज हामी मधेश आएका छौँ । मधेशले कांग्रेसलाई सधैँ न्याय गर्यो। तर कांग्रेसले न्याय गर्ने कुराहरूका सन्दर्भमा पनि पछिल्लो समयमा केही गल्ती केही चुक हामीबाट भएकै छ । खास गरिकन सिंगो मधेशको सम्मान, मधेशको प्रतिनिधित्व, मधेशले प्राप्त गर्नुपर्ने न्याय, अधिकारको सवालमा थुप्रै नयाँ पार्टीहरू आए । थुप्रै मधेश केन्द्रित पार्टीहरू पनि आए । मैले कसैलाई पनि केही पनि आरोप लगाउँदिन । तर, हामी कांग्रेसले के ठान्नु पथ्र्यो भने, यो त हाम्रो जननी हो, हाम्रो आमा हो । हामी हो यसको जेठो छोरा । हामी यसको जेठी छोरी । हामीले गर्नुपर्छ यसको सेवा । हामीले पूरा गर्नुपर्छ यहाँको माग, भन्नुपर्ने ठाउँमा कतिपय कुराहरूका सन्दर्भमा पनि हामीले जुन जिम्मेवारी उठाउनु पर्ने थियो, कहीँ न कहीँ त्यो चुक हामीबाट भयो । त्यसकारणले गर्दा आज नेपाली कांग्रेस पार्टी आफ्नो सभापतिलाई यही मधेशको उम्मेदवार बनाएर सिंगो मधेशमा होमिन आएको छ कि, मधेशको जिम्मा हामी लिन्छौँ । मधेशको माग हामी पूरा गर्छौँ । यसको निम्ति सर्लाही एउटा क्षेत्रबाट मात्र होइन । सर्लाहीको चारै वटा क्षेत्रबाट । सर्लाहीबाट मात्र होइन । मधेशको ३२ वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवारहरूले यो पटक मधेशबाट एउटा सहयोग, साथ, समर्थन प्राप्त गर्नुपर्ने छ । त्यो जिम्मेवारी बोकेर गएर नेपाली कांग्रेस पार्टीले यो ५ वर्ष सिंगो देशको र देश भित्र मधेशको सेवा गर्ने आफ्नो कर्तव्य पूरा गर्छ । यो संकल्प लिएर हामीहरू आएका छौँ । यो कुरा तल तपाईँहरूले घरघरमा पुर्याउनुपर्छ ।
















