अभिनेता सुनील थापाको निधन
काठमाडौं । अभिनेता सुनील थापाको निधन भएको छ । गएराति घरमै उनको निधन भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् । अहिले उहाँको शव थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा राखिएको छ, संघका अध्यक्ष निरौलाले भने, परिवारका सदस्य आएपछि थप प्रक्रिया अगाडि बढ्नेछ । दर्जनौं चलचित्रमा अभिनय गरेका उनी खलपात्रमा पहिलो रोजाईका कलाकार थिए ।
















