नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना : विजयी भवः

काठमाडौँ । मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियम आज नेपाली क्रिकेटको गौरवशाली इतिहासको साक्षी बन्दैछ। आईसीसी टी–२० विश्वकपको समूह चरणअन्तर्गत आज नेपालले शक्तिशाली टोली इंग्ल्याण्डको सामना गर्दैछ। तेस्रोपटक विश्वकप खेलिरहेको नेपालका लागि यो खेल केवल एउटा प्रतिस्पर्धा मात्र नभई विश्व क्रिकेटमा आफ्नो दरिलो उपस्थिति प्रमाणित गर्ने ऐतिहासिक अवसर पनि हो। यो महत्त्वपूर्ण घडीमा प्रधानमन्त्री सुशीला कार्कीले नेपाली टोलीलाई विशेष शुभकामना सन्देश दिँदै हौसला बढाएकी छन्। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले आज वानखेडेको मैदानमा नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति दिने विश्वास व्यक्त गरेकी छन्।

विश्वभर छरिएका नेपाली प्रशंसकको साथ र विगतका सफलताको ऊर्जा बोकेर मैदानमा उत्रिन लागेको नेपाली टोलीलाई उनले ‘विजयी भवः’ भन्दै सफलताको शुभकामना दिएकी छन्। उनले लेखेकी छन्, ‘आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ। कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ( नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति। तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्काररसफलताको आड छ। इंग्ल्याण्डसँगको आजको ऐतिहासिक भेटअघि सिङ्गो राष्ट्रका तर्फबाट शुभकामना१ विजयी भवः। अनि धेरै माया पनि ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *