वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाको निधन

काठमाडौं । वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विश्वबन्धु थापाको निधन भएको छ। ९८ वर्षीय थापाको उपचारको क्रममा शनिबार साँझ ह्याम्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। पारिवारिक स्रोतकाअनुसार करिब एक महिनाअघि उनलाई स्ट्रोक भएको थियो। केही सुधार भएपछि उनी घर फर्किएका थिए। तर, केही दिनअघि पुनः स्वास्थ्यमा समस्या देखिएकापछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

२००७ सालदेखि नेपाली राजनीतिमा सक्रिय रहेका थापा पञ्चायतकालका प्रभावशाली नेतामध्येका एक थिए। उनले पञ्चायती व्यवस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै प्रशासन र नीतिनिर्माण तहमा भूमिका निर्वाह गरेका थिए। राप्रपाको निर्माण र संगठन विस्तारमा पनि उनको महत्वपूर्ण योगदान रहेको थियो। उनी एकताका नेपाली कांग्रेसको महामन्त्रीसमेत बनेका थिए। थापाको दाहसंस्कारअघि उनको पार्थिव शरीर आज बिहान श्रद्धाञ्जलीका लागि राखिने छ। त्यसपछि उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। थापाका दुई छोरी र दुई छोरा छन्। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *