नबिल बैंकको डिजिटल बैंकिङ सेवामा उल्लेखनीय फड्को

नेपालको बैंकिङ क्षेत्र पछिल्ला केही वर्षयता तीव्र रुपमा डिजिटलतर्फ रूपान्तरण हुन थालेका छन् । प्रविधिको विकास, स्मार्टफोनको बढ्दो पहुँच र ग्राहकको बदलिँदो व्यवहारसँगै परम्परागत बैंकिङ प्रणाली डिजिटल मोडेलतर्फ उन्मुख भएको छ । यही परिवेशमा नेपालका वाणिज्य बैंकहरु पनि डिजिटलतर्फ उन्मुख हुन थालेका छन् । सोहीमध्ये अग्रणी स्थानमा रहेको बैंक मार्दै आएको छ । बैंकले विगत तीन वर्षदेखि सञ्चालमा ल्याएको ‘एन–बैंक’अवधारणा अहिले ग्राहकमाझ लोकप्रिय, विश्वसनीय र भरपर्दो माध्यम बनेको छ । बैंकले आफ्ना सेवा, प्रणाली र प्रक्रियालाई सरलीस्कृत तथा परिमार्जित गर्दै ‘एन–बैंक’डिजिटल–ओनली बैंकिङ भर्टिकल सञ्चालनमा ल्याएको हो । वास्तवमा एन–बैंक नबिल बैंकको यस्तो अवधारणा हो, जसले बैंकका अधिकांश सेवा सुविधालाई डिजिटल माध्यममार्फत सरल, छिटो, सुरक्षित र सहज बनाउने लक्ष्य राखेको छ । छोटो अवधिमै एन–बैंकले उल्लेखनीय सफलता हासिल गर्नुका साथै ठूलो संख्यामा सेवाग्राहीको विश्वास जित्न सफल छ । डिजिटल बैंकिङ सेवाको माग बढ्दै गएको अवस्थामा एन–बैंकले ग्राहकको दैनिक बैंकिङ आवश्यकतालाई एकै प्लेटफर्ममा समेट्ने प्रयास गरेको छ । एन–बैंकको मूल उद्देश्य डिजिटल प्रविधिको अधिकतम उपयोगमार्फत बैंकिङ सेवालाई झन्झटरहित बनाउनु रहेको बैंकले जनाएको छ । बैंकमा लाइन बस्नुपर्ने, कागजी प्रक्रिया पूरा गर्नुपर्ने तथा समय खर्चिनुपर्ने परम्परागत अभ्यासलाई विस्थापन गर्दै एन–बैंकले मोबाइल र इन्टरनेटमार्फत अधिकांश सेवा उपलब्ध गराउँदै आएको छ ।
डिजिटल खाता र ग्राहक सेवा
एन–बैंकमार्फत ग्राहकले अनलाइन माध्यमबाटै बैंक खाता खोल्न सक्ने सुविधा उपलब्ध छ । खाता खोल्न बैंक शाखामा उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ । डिजिटल ग्राहक पहिचान (केवाईसी) प्रक्रिया समेत अनलाइनमार्फत पूरा गर्न सकिने भएकाले ग्राहकको समय र लागत दुवैको बचत हुने गर्दछ ।
यसै प्लेटफर्ममार्फत ग्राहकले सातै दिन, चौबीसै घण्टा ग्राहक सेवा प्राप्त गर्न सक्छन् । एन–बैंक एपबाटै कल सेन्टर सपोर्ट लिन सकिनेछ भने सामान्य समाधानदेखि अन्य जिज्ञासाहरुको पनि समाधान हुनेछ । नेपालसहित विश्वभर डिजिटल ग्राहक सेवा बैंकिङ भविष्यको केन्द्रमा रहेको अवस्थामा एन–बैंकले यस क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ ।
निक्षेप, भुक्तानी र कार्ड सेवा
एन–बैंकमार्फत मोबाइल र इन्टरनेट बैंकिङ सेवा पूर्ण रूपमा एकीकृत गरिएको छ । ग्राहकले रकम जम्मा गर्ने, झिक्ने, खाताबीच रकम सार्ने, बिल भुक्तानी गर्ने जस्ता नियमित बैंकिङ कारोबार सजिलै गर्न सक्छन् । यससँगै बैंकले भर्चुअल कार्ड, कार्ड व्यवस्थापन सुविधा तथा ई–कमर्स भुक्तानी सेवा पनि प्रदान गरिरहेको छ । नबिल बैंक एन बैंकका प्रमुख प्रदीप नेपाल डिजिटल भुक्तानी प्रणालीलाई अझ सहज र सुरक्षित बनाउन बैंकले निरन्तर प्रविधिमा काम गरिरहेको बताउँछन् । डिजिटल कार्ड र ई–कमर्स सुविधाले ग्राहकलाई अनलाइन कारोबारमा थप आत्मविश्वास दिएको उनको भनाइ छ ।
डिजिटल कर्जा सेवामा नवीनता
एन–बैंकको अर्को महत्वपूर्ण विशेषता डिजिटल कर्जा सेवा पनि हो । नबिल बैंकमा खाता भएका ग्राहकले एन–बैंक एपमार्फत अधिकतम २ लाख रुपैयाँसम्म ‘फोनलोनसुविधा लिन सक्छन् । कर्जा लिन बैंक धाउनुपर्ने, कागजात बुझाउनुपर्ने झन्झट हटाउँदै केही क्लिकमै कर्जा उपलब्ध गराउने यो सेवा डिजिटल बैंकिङको उत्कृष्ट उदाहरण हो । यसका साथै मुद्दती निक्षेपविरुद्ध कर्जा (फिक्स डिपोजिट अगेन्स्ट लोन) सुविधा पनि एन–बैंकमार्फत उपलब्ध छ । मुद्दती निक्षेप राखेका ग्राहकले आफ्नो एफडी रकमको अधिकतम ९० प्रतिशतसम्म कर्जा लिन सक्ने सुविधा प्रदान गरिएको छ । यसले ग्राहकलाई आपत्कालीन अवस्थामा सहज वित्तीय समाधान दिएको छ ।
रेमिटेन्सको डिजिटल रूपान्तरण
डिजिटल बैंकिङसँगै नबिल बैंकले रेमिटेन्स सेवामा पनि नवीनता ल्याएको छ । एन–बैंक एपमार्फत उपलब्ध ‘एन–रेमिट’ सेवा नेपालमा पैसा पठाउने प्रणालीलाई अझ सरल र आधुनिक बनाउने कार्ड–बेस्ड रेमिटेन्स प्रोडक्ट हो । एन–रेमिटमार्फत इन्टरनेसनल भिसा वा मास्टर कार्ड (डेबिट वा क्रेडिट) प्रयोग गरेर विदेशमा रहेका नेपालीले मोबाइल एप वा वेबमार्फत केही मिनेटमै नेपालका कुनै पनि बैंक तथा वित्तीय संस्थामा पैसा पठाउन सक्छन् । परम्परागत रेमिटेन्समा जस्तै बैंक अकाउन्ट लिंक गर्ने, क्यास बोकेर रेमिटेन्स सेन्टर धाउने वा लामो प्रक्रिया पूरा गर्ने झन्झट यसमा छैन । विशेषगरी विदेशमा बस्ने नेपालीहरूका लागि एन–रेमिट निकै उपयोगी देखिन्छ । नबिल बैंकमा खाता नहुँदा पनि रेमिटेन्स पठाउन सकिनु, एपमा लगइन नगरी नै सेवा लिन सकिनु र रियल–टाइममा रकम क्रेडिट हुनु यसका बलिया पक्ष हुन् ।
रियल–टाइम क्रेडिट र निःशुल्क सेवा
एन–रेमिटको अर्को आकर्षक पक्ष भनेको रियल–टाइम क्रेडिट हो । पैसा पठाउने बित्तिकै नेपालमा रिसिभरको खातामा रकम जम्मा हुन्छ । यसले सेवाप्रति विश्वास बढाएको छ । साथै, सेवा पूर्ण रूपमा ‘नो एडेड सर्भिस चार्ज’हुनु प्रयोगकर्ताका लागि ठूलो राहत मिलेको छ । यो कार्ड–बेस रेमिटेन्स भएको कारणले गर्दा उत्तर कोरिया लगायत केही देशहरुमा भने चल्दैन ।
कसरी प्रयोग गर्ने ?
एनबैंक एपबाट ग्राहकहरूले अब सिधैं आफ्नो बैंक खाता खोल्नेदेखि ऋणका लागि आवेदन दिनसम्मका सम्पूर्ण गतिविधिहरू गर्न सक्नेछन् ।

प्रमुख विशेषता
ग्राहकले आफ्नो एनबैंक एपबाट सिधै ऋणका लागि डिजिटल आवेदन दिन सक्छन् । नबिल फोन लोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिनेछ । ग्राहकले आफ्नो ६ महिनाको कारोबार इतिहासको आधारमा नबिल फोनलोन प्राप्त गर्न सक्छन् । बैंकको अल्गोरिदमले उपयुक्त क्रेडिट सीमा निर्धारण गर्छ र योग्य ग्राहकले ऋणका लागि दर्ता गर्न सक्छन् र ग्राहकको एनबैंक एपबाट सिधै तोकिएको सीमासम्म आवेदन दिन सक्छन्। यसका लागि बैंक धाउनुपर्ने, अन्य कुनै कागजी कार्य गर्नुपर्ने छैन । नेपालभित्र पैसा पठाउने बाहेक विदेशमा बस्ने ग्राहकले एनरेमिट छनोट गरेर आफ्नो मास्टरकार्ड वा भिसा कार्डहरू प्रयोग गरेर आफ्नो अन्तर्राष्ट्रिय बैंकहरूबाट सिधैं नबिल बैंकको खातामा पैसा पठाउन सकिनेछ । प्रेषक र प्रापक विवरणहरूसहित (अमेरिकी डलर) पठाइने रकमसहितको फारम मात्र भरे पुग्नेछ । प्राप्तकर्ताले केही सेकेन्डमा नबिल बैंक खातामा पैसा सिधैं प्राप्त गर्न सक्नेछन् । यसरी पछिल्लो समय नबिल बैंकको एनरेमिटले ग्राहकलाई थप सहज र सरल बनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *