रास्वपा नुवाकोटका नेता थापाले छाडे पार्टी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत निर्णय सार्वजनिक गरेका हुन्। थापाले पार्टी विचार र सिद्धान्तबाट विचलित हुँदै गएको तथा नेतृत्व नीतिभन्दा ‘आशीर्वाद’का आधारमा चयन हुन थालेको आरोप लगाएका छन्। संगठन निर्माणमा सक्रिय कार्यकर्तालाई पाखा लगाउँदै पार्टी अलोकतान्त्रिक बन्दै गएको अवस्थामा बसिरहनु उचित नदेखिएको उनले उल्लेख गरेका छन्। २०७९ सालको निर्वाचनदेखि रास्वपा नुवाकोटका जिल्ला सदस्य तथा बिदुर नगर इन्चार्जका रूपमा सक्रिय थापा सोही वर्ष नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार रहेका सुमनबिक्रम पाण्डे निकट मानिन्थे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *