साओमी नेपालको नेपालगन्ज र घोराहीमा सर्भिस सेन्टर सञ्चालनमा

साओमीले नेपालगन्जको सेतु विके चोकमा र दाङको घोराहीस्थित तुलसीपुर चोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । यो सुविधा केन्द्र साओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको बताइएको हो । नयाँ सर्भिस सेन्टरमार्फत साओमीका स्मार्टफोन, वेयरेबल्स, स्मार्टवाच र फिटनेस ब्यान्ड तथा हियरएबल्स, इयरफोन,हेडफोन तथा आईओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ । सर्भिस सेन्टरले साओमीका वास्तविक (जेनुइन) स्पेयर पार्ट्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा दिने कम्पनीको दाबी छ । यो सर्भिस सेन्टरको सञ्चालन टेलिडाइरेक्ट प्रालिले गर्नेछ । टेलिडाइरेक्ट रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर साओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *