चुनावमा तीन दिन बिदा दिने सरकारको निर्णय
काठमाण्डौं । सरकारले चुनावमा तीन दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तीन दिन बिदा दिने निर्णय गरेको सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। यसअघि आइतबार निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको थियो। आयोगले २०, २१ र २२ गते बिदा दिन सरकारलाई सिफारिस गरेको थियो। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुनेछ। योसँगै निर्वाचनको बेलामा एक सातासम्म बिदा हुने भएको छ। यसपालि फागुन १८ गते पहाडमा र १९ गते तराईमा होली परेको छ। २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाइँदै छ।
















