देशभरि २३ स्थानमा शंकास्पद वस्तु फेला, नेपाली सेनाद्वारा डिस्पोज
काठमाडौं । देशभरका विभिन्न २३ स्थानमा शंकास्पद वस्तु राखेर जनतालाई डराउने प्रयास भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार काठमाडौंका दुई ठाउँसहित ताप्लेजुङ, मोरङ, सर्लाही, रौतहट, सप्तरी, चितवन, मकवानपुर, बाग्लुङ, बाँके, कपिलवस्तु, बर्दिया, कञ्चनपुर लगायतका स्थानमा शंकास्पद वस्तु फेला परेको थियो। यी वस्तुहरू नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित तरिकाले डिस्पोज गरेको छ।
















