साविक विजेता भारत फाइनल प्रवेश

काठमाडौं । सेमिफाइनलमा इंग्ल्यान्डलाई सात रनले पराजित गर्दै भारत आईसीसी टी–२० विश्वकप २०२६ को फाइनल प्रवेश गरेको छ । योसँगै भारत विश्वकपको इतिहासमा चौथो पटक फाइनलमा स्थान बनाउन सफल भएको छ । यसअघि भारतले सन् २००७ मा सम्पन्न विश्वकपको पहिलो संस्करण र वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा भएको सन् २०२४ को संस्करण विश्वकप जितेको थियो । बंगलादेशमा सन् २०१४ मा सम्पन्न विश्वकपमा भने टोली उपविजेता बनेको थियो । अब भारतले फाइनलमा उपाधिका निम्ति न्युजिल्यान्डसँग खेल्नेछ । बिहीबार भारतको मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा घरेलु टोलीले प्रस्तुत गरेको २५४ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो । इंग्ल्यान्डलाई सस्तैमा रोक्न हार्दिक पण्ड्याले दुई विकेटले लिए । पण्ड्याले चार ओभर बलिङ गर्दा ३८ रन खर्चिए । अर्सदीप सिंह, वरुन चक्रवर्ती, जसप्रीत बुम्राह र अक्षर पटेलले समान एक विकेट लिए । इंग्ल्यान्डका ज्याकोब बेथलले १०५ रनको शतकीय इनिङ खेले । बेथलले ४८ बलमा आठ चौका र सात छक्का प्रहार गरे ।

बेथलले पाँचौँ विकेटको निम्ति विल ज्याक्ससँग ७७ रनको साझेदारी गरेका थिए । योसँगै उनी यस संस्करण शतक प्रहार गर्नै पाँचौ खेलाडी बने । विल ज्याक्सले ३५ रन जोडे । ओपनर जस बटलरले २५, जोफ्रा आर्चरले १९, साम करनले १८ र टम ब्यान्टनले १७ रन बनाए । त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङम आएको घरेलु टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २५३ रनको योगफल खडा गरेको थियो । भारतका निम्ति ओपनर सञ्जु सामसनले ८९ रनको अर्धशतीय इनिङ खेले । सामसनले ४२ बलमा आठ चौका र सात छक्का प्रहार गरे । सामसनले दोस्रो विकेटको निम्ति इशान किशनसँग ९७ रनको अर्धशतकीय साझेदारी गरेका थिए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका शिभम दुवेले ४३ रन जोडे । दुवेले २५ बलमा एक चौका र चार छक्का प्रहार गरे । इशान किशनले ३९ रन जोडे । हार्दिक पण्ड्याले २७ रन बनाए । तिलक वर्माले २१ र कप्तान सूर्यकुमार यादवले ११ रन जोडे । इंल्यान्डका विल ज्याक्स र आदिल राशिदले समान दुई विकेट लिए । जोफ्रा आर्चरले एक विकेट लिए । पराजित इंग्ल्यान्ड भने विश्वकपबाट बाहिरिएको छ । दुईपटकको विजेता समेत रहेको इंग्ल्यान्डले यस संस्करण समूह चरणदेखि सेमिफाइनलमा कुल सात खेल खेल्दा ६ जित र एक हार हार व्यहोर्‍यो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *