समानुपातिकतर्फ जाजरकोटमा कांग्रेस पहिलो
जाजरकोट । जाजरकोटमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । सार्वजनिक मतपरिणामअनुसार कांग्रेसले १७ हजार २०७ मत प्राप्त गरेको छ । नेकपा (एमाले)ले १६ हजार ४५१ मत प्राप्त गरेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले १६ हजार २१५ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच हजार ५९५ मत प्राप्त गरेको छ । जाजरकोटमा समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै उक्त नतिजा सार्वजनिक गरिएको हो ।
















