अपेक्षित परिणाम ल्याउन सकेनौँ, जनताकै बीचमा रहनेछौँ – ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यसपटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम हासिल नभएको बताएका छन् । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र यसलाई शिरोधार्य गर्नु आफू र पार्टीको कर्तव्य भएको उनले उल्लेख गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले जनताको मतलाई आफूले पूर्ण सम्मानका साथ स्वीकार गरेको जनाएका छन् । “निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन ।

तर, जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन,” उनले लेखेका छन् । उनले आफूहरू जनताकै बीचमा रहने बताएका छन् । “जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ,” उनले भनेका छन् । उनले आफू र पार्टीलाई मत, साथ दिने र विश्वास राख्ने सबैमा धन्यवाद व्यक्त गरेका छन् । “यस कठिन घडीमा पनि सूर्य चिह्नमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु,” उनले लेखेका छन्, “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो । तपाईंहरूको साथ नै हाम्रो ताकत हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *