बालेन सरकारलाई शुभकामना ।

उदायौ चल अचलमा
तिम्रै छ भर अब
निस्वार्थ भावना बोक
आशिर्वाद मिल्छ तब ।१

उर्लदो छ सगरझै बुझ
निष्कपट छल हुनु
नैरास्य नहोउ अब त
जन मन हितले छुनु ।२

भावना बुझेर रणमा
डुलफिर तिमी गर
माया केहो राज्य केहो
तिमिछौ जनकै भर ।३

सुन्दर राज्यमा कसरी
अहम गर्दा के भयो
जन सागर उर्लिंदा
छिनमै मोह त्याग गयो ।४

युवाकै रुपमा छौ तिमि त
जेलनेल भोग्यौ कति
ग्रहण गर तिमिले अब त
बुझेर माया त्यति ।५

लोभ मोह छैन तिमिमा
तिम्रो त्यो दिल भारी
हितभावले अगाडि बढी
बन्देउन सदा चारी ।७

गुट र उप गुट हटोस् अब त
राज्य स्थिर बनोस्
राष्ट्र प्रेमि जगाउने
निमुखा जनले भनोस् ।८

तिम्रा शक्ति हृदय भावले
नेपाली नारा खुलोस्
एकै बद्ध भएर अब त
जन खुसिमा भुलोस् ।९

लालचमा नफस्नु कहिल्यै
निर्मल होस भावना
नेतृत्व सफल मिलोस
शौभाग्यको कामना । १०

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *