एकीकृत फ्रेण्डसिप साकोसले मनायो स्थापना दिवस
दोलखा । जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले ३४औं स्थापना दिवस मनाएको छ । संस्थाले एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । संस्थाले मुख्य कार्यालयमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष भुमिराज खड्काको सभापतित्व एवम् संस्थाका सल्लाहकार इन्द्रबहादुर खड्का, टंक बहादुर जिरेल, सुमनकृष्ण जिरेल, नर बहादुर जिरेल र गोपाल जिरेलको आतिथ्यता रहेको थियो ।
संस्थाले स्थापना दिवस समारोहमा आ.व. २०८१।०८२ मा मा विभिन्न विधामा उत्कृष्टत हासिल गर्ने सदस्यहरुलाई सम्मान गर्नुका साथै उत्कृष्ट कमर्चारी ओलकबहादुर जिरेललाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा संस्थाका सचिव केशवकुमार कार्कीले स्वागत मन्तव्य, सल्लाहकार सुमनकृष्ण जिरेलले शुभकामना सहित आफ्नो मन्तव्य राखेका थिए। स्थापना दिवसकै अवसर पारेर संस्थाले ९ प्रतिशत व्याजदरमा ऋणको नयाँ सेवा सुरु गरेको छ । कार्यक्रम सञ्चालन संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले गरेका थिए । संस्थामा १७ हजार माथि सदस्य आवद्ध रहेका छन् । संस्थाको शेयर पुँजी १० करोड ९६ लाख,जगेडा कोष ७ करोड २८ लाख,बचत १ अर्ब २४ करोड १० लाख, ऋण लगानी ९४ संकलन करोेड ३० लाख गरी कुल कारोबार १ अर्ब ४५ करोड १३ लाख रहेको छ ।
















