चुनावमा पाँच अर्ब ३७ करोड खर्च
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पाँच अर्ब ३७ करोड रुपैयाँ खर्च भएको छ । बिहीबार (चैत ५) आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरदरमा प्रति मतदाता २८४ रुपैयाँ खर्च भएको बताए । हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको छ ।
भुक्तानी गर्न बँकी दायित्वसमेत हिसाब गर्दा जम्मा पाँच अर्ब ३७ करोड रकम खर्च भएको छ । हामीले मितव्ययी निर्वाचन सम्पन्न गर्न सफल भएका छौँ । सरकारले निर्वाचन प्रयोजनका लागि ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति दिएको थियो ।
















