रविको मुद्दा हेर्न नमिल्ने न्यायाधीशरहित इजलासमा सुनुवाइ हुने
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गरी आगामी चैत ९ गते अर्को पेशी तोक्न आदेश दिएको छ । बिहीबार (चैत ५) मा भएको सुनुवाइपछि न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले उक्त आदेश दिएको हो । महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेपछि विवादको रुप लिएको थियो ।
भण्डारीले २ माघमा लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् । इजलास समक्ष ३० पुसको मात्रै निर्णय पेश भएको थियो । सर्वोच्चको आदेश अनुसार, अब यो इजलासले रविको मुद्दा नहेर्न पनि सक्छ । गत २ माघमा भने लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय भएको थियो । सर्वोच्चले अर्को पेसीमा हेर्न नमिल्ने न्यायाधीशरहित गर्दै पेशी तोक्न समेत भनेको छ ।
















