निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई चुनावी परिणामसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ । आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन हस्तान्तरण गरेका हुन् । फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको परिणाम आयोगले चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको थियो । त्यससँगै सरकार गठनको बाटो खुलेको छ । प्रतिनिधिसभाका २७५ सदस्य सांसदको शपथ यही चैत १२ गतेका लागि तोकिएको छ । १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्री बन्ने तय भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *