सहकारी क्षेत्रका लघुवित्त संस्थाहरूले नमुना प्रस्तुत गर्नुपर्छ : अध्यक्ष गिरी

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले सहकारी क्षेत्रमा पछिल्लो समय सिर्जना हुने नकारात्मक धारणा विरुद्ध सकारात्मक उदाहरण प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन्। पाचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष गिरीले ३२ हजारमध्ये लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरूको काम अत्यन्तै प्रशंसनीय रहेको बताए । हिलोभित्र पनि कमलको फूल फुल्छ जस्तै, यी सहकारी संस्थाहरूले नमुना प्रस्तुत गर्नुपर्छ। उनले विगतमा सहकारी कर्मचारीहरू गाउँमा सम्मान पाउने अवस्था रहेको भए पनि अहिले उनीहरूलाई केवल किस्तावालाको रूपमा हेरिने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरे। अध्यक्ष गिरीले सदस्यहरूलाई उद्यमी बनाउने प्रयासले बाह्य दृष्टिकोणमा सकारात्मक प्रभाव पर्ने र खराब कर्जा कम हुने विश्वास व्यक्त गरे। साथै, सहकारी संस्थाहरू र कर्मचारीहरूबाट भएका कमीकमजोरी स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *