लक्ष्मी महिला साकोसको २८औं वार्षिक उत्सवको अवसरमा एचपीभी स्क्रिनिङ परीक्षण

काभ्रे । पनौतीस्थित लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले २८ औं वार्षिक उत्सवको अवसरमा एचपीभी स्क्रिनिङ परीक्षण गरेको छ । उक्त स्वास्थ्य शिविरमार्फत ८७ जना सदस्यको स्वास्थ्य परीक्षण गरिएको संस्थाले जनाएको छ। कार्यक्रम व्यवस्थापनमा अधिकृत यमुना प्रधान, सहायक ललिता थापा तथा कर्मचारी सुमिना श्रेष्ठको महत्वपूर्ण योगदान रहेको थियो। स्वास्थ्य तथा वातावरण उप समिति संयोजक सूर्यकमल श्रेष्ठको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्यता संस्थाका अध्यक्ष हिमाली श्रेष्ठ रहेकी थिइन्। धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा वरिष्ठ चिकित्सक डा। रुची कार्कीको नेतृत्वमा शिविर सञ्चालन गरिएको थियो। कार्यक्रममा स्वास्थ्यकर्मीहरू इलीशा पोखरेल, उर्जा रेग्मी, क्रिस्टिना शाक्य, सुस्मा पण्डित, वर्षा तामाङ, उर्मिला कटुवाल, रामप्रसाद सत्याल र नवीन रानामगरको सक्रिय सहभागिता थियो।

कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक सोविता थापा मगर, उपाध्यक्ष कविता कार्की, सचिव शकुन्तला श्रेष्ठ, सह–सचिव शर्मिला अधिकारी, कोषाध्यक्ष कल्याणी चन्द ठकुरी, सदस्य अनिता कुइँकेल तथा स्वास्थ्य उप–समिति सदस्य गायत्री थापा मगरसहित विभिन्न उप९समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमको समापन प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले गरेका थिए। समापनका अवसरमा अतिथिहरूलाई खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। साथै अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक कार्ययोजनाअन्तर्गत यस्ता स्वास्थ्य शिविरहरू हरेक वर्ष सञ्चालन गरिने र आगामी दिनमा पनि प्राविधिक सहयोगको अपेक्षा रहेको बताउँदै धन्यवाद व्यक्त गरेकी थिइन् । कार्यक्रमको अन्त्यमा उप समिति संयोजक सूर्यकमल श्रेष्ठले उपस्थित सम्पूर्ण सदस्य, चिकित्सक तथा कर्मचारीहरूलाई धन्यवाद दिँदै यस्ता स्वास्थ्य शिविरहरूले सदस्यहरूलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुका साथै भविष्यमा हुन सक्ने रोगहरूको पूर्वपहिचान र रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। साथै, यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाइएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *