बालेनले प्रधानमन्त्रीको शपथ लिँदा वैदिक–सनातन झल्किने, १०८ जना बटुकद्वारा स्वस्ति शान्ति

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले शपथ लिँदा वैदिक–सनातन परम्परा झल्किने गरी लिने तयारी गरिएको छ । बालेनको सचिवालयले राष्ट्रपति कार्यालयलाई यसबारेमा अनौपचारिक जानकारी पनि गराइसकेको छ । १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन गरिने, १६ जना बौद्ध भीक्षुले मंगल पाठ गर्ने र सातवटा शंखबाट शंखनाद गरिने तयारी गरिएको छ । तर औपचारिक पत्र भने अझै आइनपुगेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । “स्वस्ति शान्ति र मंगलपाठका बारेमा अनौपचारिक जानकारी हिजो नै गराइएको छ,” बालेन निकट स्रोतले भन्यो, “राष्ट्रपति कार्यालयले त्यसको तयारी गर्दै होला । प्रधानमन्त्रीको शपथको साइत भने १२ बजेर ३४ मिनेटमा राखिएको छ । बालेन टिमले राष्ट्रपति कार्यालयलाई प्रस्ताव गरेको र राष्ट्रपति कार्यालयले आयोजना गरेको बालेननिकट स्रोतले बताएको छ । शपथ ग्रहणपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा २ बजे प्रवेश ग्रहण गरेर पदभार ग्रहण गर्ने तयारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *