नेपाली छातीमाथि विदेशी बुट बज्रने खतरा बढ्यो

काठमाडौ । सम्भवतः भोली नयाँ सरकार गठन हुनेछ । विगतको जस्तो सरकारको ब्याग्र प्रतिक्षा भने देखिदैन । कस्तो सरकार बन्छ भन्ने उत्सुकता पनि कतै देखिदैन । आमनिर्वाचनको बिश्वसनीयतामाथी पनि नजानिदो तरिकाले गंभीर प्रश्न उठ्न थालेको छ । रास्वपा नामको आपराधिक पृष्ठभूमि भएकाहरुको सरकार बने पनि कस्तो बन्छ,त् यसले कसरी काम गर्छ, राष्ट्रिय, अन्र्तराष्ट्रिय क्षेत्रमा त्यसको प्रतिक्रिया कस्तो रहन्छ भन्ने प्रश्नले धेरैको मथिंगल चक्रयाउन थालेको छ । प्रधानमन्त्री स्वयममाथि अर्बभन्दा बढीको बेरुजु छ,भ्रष्टाचारका आधा दर्जन बढी मुदा छन । सार्वजनिक र निजी सम्पति नोक्सान गरेको घटनाले प्रधानमन्त्रीको कार्यशैलीमा सुधार आए नआएको देखिनेछ । अनेक चारित्रिक, ब्यवहारिक र मानवीय प्रश्नको घेरामा परेका बालेन्द्र साहलाई सहज ढंगले काम गर्ने सम्भावना देखिदैन । सरकार गठन नहुँदै रास्वपाभित्रै गंभिर बिबाद देखिन थालेको छ । रविको रास्वपा र बालेन्द्र साहको समूहबिच भएको अस्वभाविक प्रतिष्पर्धाले द्धन्द्धको रुप लिएको छ । उम्मेदवार र टिकट वितरणमा देखिएको अनियमितताले चर्को रुप लिएको छ । राजनीतिक ज्ञान, ब्यवहार र चरित्र शुन्य ब्यक्तिहरुको जमघट रहेको रास्वपाको चुनाव अघि नै ९५ प्रतिशत उम्मेदवार आपराधिक मुदाका अभियुक्त भएको तथ्यांक बाहिरिएकै हो । कोही विदेशी नागरिकतावाला, कोही विदेशमा आवासिय इजाजत भएका, कोही मानव बेचविखन, बलात्कार र हतियार कारोवारमा लागेका ब्यक्ति छन । नेपालको स्वीकृति नदिएको फ्रि टिवेट मुभमेन्टमा संलग्न ब्यक्ति त चुनाव अघि रास्वपामा बिभिन्न स्वार्थ समूहलाई भित्र्याउने मियोको काम गर्ने भुमिकामा रहेको ब्यक्ति मानिन्छ । राजनीतिक भन्ने के हो भन्ने नबुझेका चलचित्र क्षेत्र, सोसल मिडिया,जातीय आन्दोलन आदिमा लागेकाबाट कसरी कार्यसम्पादन होला त्यो हेर्न बाँकी छ ।

त्यस अघि नै नालायकहरु सरकार पटक पटक बनिसकेको छ, अब चाहिं लफगांहरुको सरकार बन्छ भन्ने नेता घनश्याम भुसालको भनाइ प्रासांगिक छ । बेश्याबृतिको धन्धा गर्ने, विदेशीका एजेन्ट, तस्करीमा संलग्नहरु, कालोसुचीमा रहेकाहरु, अन्तराष्टिय क्षेत्रमा शान्तिका लागि काम गर्ने संस्थाको रकम अपचलन गर्नेहरुलाई विदेशीले पनि त्यतिबेलासम्म साथ दिन्छन, जति बेलासम्म स्वार्थ टकराउँदैन । एक किसिमले कुराकरकरको थुप्रोको रुपमा रहेको रास्वपालाई सुन्दर आवरणले ढाकिएको मात्र हो । आवरण हटाएपछि त्यसको असली रुप र गुण दुवै देखिन्छ । कुरा करकट भनेको त कुहेको पदार्थ मात्र होइन, दुसाध्य र दुर्गन्ध समेत भएको थुप्रोलाई खुला हावामा आएपछि आउने दुर्गन्ध कम गर्न क्षणिक उपाय गर्न सकिए पनि त्यसलाई ताजा र हराभरा बनाउन सम्भव छैन । चुनावअघि नै माधुरो र जेलेन्स्कीको नयाँ अवतारलाई नेपाली शासनसत्ताका हकदार बनाउनु नहुने कुरा उठेकै हो । त्यसलाई नेपालीले राम्रोसँग बुझेनन् कि सुनेन । त्यसबाट वर्तमान अवस्था आइलाग्यो । हुन त यो निर्वाचनको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ । सेना, प्रहरी, कर्मचारीको भूमिकामाथि मात्र होइन, चुनाव गराउने सुशीला कार्कीको गैरसंवैधानिक सरकारको भूमिकाले त चुनाव चुनाव जस्तै देखिएको थिएन ।

र, पनि कथित जेनजी आन्दोलनको आतंकबाट त्रसित राजनीतिक दलहरुले यो सेना समेत संलग्न भएको धाँधलीको परिणामलाई स्वीकार गरिसकेका छन् । राजनीतिक दलहरुले स्वीकार गरिसकेपछि चुनावले वैधानिकता प्राप्त गरेको छ । यो खतरनाक परम्पराले शान्तिपूर्ण समाजको उदाहरण बनेको नेपालको परम्भपरामाथि तरबार प्रहार गरकेो छ । सरकार बन्नु अघि मात्र होइन सपथ समेत नखाँदै फेसबुकबाट स्थानीय सरकारलाई निर्देशन दिने साँसद र चुनावमा टीकट विक्री गर्नेको रुपमा बदनाम रहेको र शक्तिशाली मन्त्रीका दावेदार रहेका व्यक्तिले राजनीतिक नियुक्तिको प्रसंग उठाउनुलाई ‘किरो कराउनु र बाख्रा हराउनु’ जस्तै ठान्न थालिएको छ । विगतका सरकारले राजनीतिक नियुक्ति दिएकाहरुले अहिले नै राजीनामा नदिए नयाँ सरकारले हटाएर नयाँ नियुक्ति दिने भन्नुको अर्थ अर्बौं रुपैयाँ एकै पटक आर्जन गर्ने दाउ हो । कांग्रेस एमालेलाई यति गिर्न र भ्रष्टाचारको यो विन्दुमा आइपुग्न ३५ वर्ष लाग्यो । तर नयाँ भनिएको यो कडा करकटको थुप्रोले त काम थालि नसक्दै आफ्नो असली अनुहार उदाङ पारिसकेको छ । यो सरकारमा जानेहरुको राष्ट्र र जनताप्रतिको प्रतिबद्धता कति कमजोर छ भन्ने कुरा अर्थमन्त्रीको चर्चामा रहेका एउटा अनुहार हेरेपुग्छ । उनले नेपाललाई भुटानको हैसियतको देश बनाउनुपर्छ भने भनेर उनकै सहयोद्धा मुकुल ढकालले हजार पटक भनिसकेका छन् । त्यसको खण्डन आजसम्म पनि आएको छैन । त्यतिमात्र होइन ‘मुनुरो डक्ट्रिनको प्रसंग निकालेर संसदमै भारत हाम्रो सन्दर्भको मुनुरो डक्ट्रिन हो भनेर निर्लज्जतापूर्वक भनिसकेका छन् । मनिङ सोज द डे भने झै सरकार कस्तो बन्छ, कस्ताको उपस्थिति रहन्छ र कस्तो काम गर्छ भन्ने संकेत दिइसकेको छ । अबको सरकार नेपाल र नेपालीप्रति लोयल रहँदैन, कसले चलाएको हो, कसले दानापानी खुवाएर पालेको हो उसैप्रति लोयल रहन्छ भन्ने त पक्का छ । त्यसकारण पनि अब नेपाली राष्ट्रियता, धर्मसंस्कृति र परम्परा मात्र होइन सार्वभौमिसत्ता समेत दाउमा लाग्ने वाला छ । नयाँले जति जघन्य अपराज गरे पनि क्षम्य हुन्छ भन्ने एकाध सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपालीलाई भुलभुलैयामा पार्ने गरेका छन् । तर, गम्भीर विश्लेषण गर्ने, सूचनाको बलियो स्रोत भएका बौद्धिकहरुको मौन चाहिँ आश्चर्य लाग्दो विषय बनेको छ । तिनेपाल ले अब मुख खोल्नुपर्ने, अबुझहरुलाई बुझाउनुपर्ने र गलत हर्कत रोक्न अग्रमोर्चामा खडा हुनुपर्ने बेला आएको छ । पनि समय घर्किएपछि पछुताउनु पर्ने अवस्था आउँछ । त्यो बेला नेपालीको छातीमा विदेशी बुटले परेड खेल्न थालिसकेको हुन्छ । त्यसबेला आफ्नो छातीमा टेक्ने बुटलाई सहजै पन्छाउन सहज हुने छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *