ओली पक्राउको विषय सदनमा उठाउने तयारीमा एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विषय सदनमा उठाउने तयारी गरेको छ । गत फागुन २१ को चुनावबाट निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकमा एमालेले अध्यक्ष ओलीको पक्राउप्रति आपत्ति जनाउने र रिहाइको माग गर्ने तयारी गरेको हो । शीर्ष नेताले शुभकामना सम्बोधन गर्ने आजको बैठकमा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादल बोल्दै छन् ।

जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका पार्टीका अध्यक्ष ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै एमालेले आपत्ति जनाउँदै आएको छ । सोही विषय संसद्‌मा पनि उठाउने एक सांसदले जानकारी दिए । “दलको नेताले बोल्दा त्यसबारे धारणा राख्नुहुन्छ । अध्यक्षको पक्राउविरुद्ध संसद्‌मा के–के गर्ने भन्ने ठोस योजना त बनिसकेको छैन,” एमाले एक सांसद भन्छन्, “संविधानभित्र रहेर कानुनी राज्यको माग गर्छौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *