पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको हो । नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा स्रोतले जनाएको छ । बिहान ८ बजे भर्ना हुनुभएको हो,” सुरक्षा स्रोतले भन्यो, “पेसमेकर परिवर्तन गर्न उहाँ (पारस शाह) भर्ना हुनुभएको हो । हाल शाहलाई निगरानीका निम्ति अस्पतालको २००० नम्बर बेडमा राखिएको स्रोतले जनाएको छ । अब्जर्भेसनपछि भने ५०१ नम्बर बेड बुक गरिएको छ, स्रोतले भन्यो, उहाँको पेसमेकर डा. यादव भट्ट नेतृत्वको टिमले परिवर्तन गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *