भट्टलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । व्यवसायी दीपक भट्टलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरीले पक्राउ गरेका भट्टलाई जिल्ला सरकारी वकिल काठमाडौंले अदालतमा पेस गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *