उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार (आज) भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामालाई हराउँदै उनी उपसभामुखमा निर्वाचित भएकी हुन् । रुबीकुमारीले २१५ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन् । वर्तमान संसद्की सबैभन्दा कान्छी सदस्य रुबीकुमारीले २५ वर्षकै उमेरमा नेपालकै कम उमेरको उपसभामुख बनेर नयाँ इतिहास रचेकी छिन् । उनलाई श्रम संस्कृति पार्टीले मधेसी महिला कोटाबाट समानुपातिक सांसद बनाएको थियो ।
















