वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय घण्टी घरमा बसेको सचिवालय बैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि सङ्गठन विभागको बैठकले अधिवेशनको कार्यतालिका तय गरेको थियो ।
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकका ९ एजेन्डा तय
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकका लागि ९ वटा एजेन्डा तय गरेको छ। बैठक सोमबार पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक विशेषगरी सांगठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारमा केन्द्रित हुनेछ । प्रवक्ता झाले बैठकको सुरुमा पार्टीका हालसम्मका गतिविधिहरूको व्रिफिङ गरिने र त्यसपछि २० जना केन्द्रीय सदस्यहरूलाई जनस्तरको रिपोर्टिङका लागि जनही २ मिनेटको समय उपलब्ध गराइने जानकारी दिए । बैठकको एक मुख्य एजेन्डा केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन र महाधिवेशन कार्यविधिको मस्यौदामाथिको छलफल रहेको छ। यसका साथै पार्टी विधानमा गर्नुपर्ने संशोधनका विषयमा पनि बैठकमा गहन विमर्श हुने झाले बताए । रास्वपाले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ’स्थानीय तह उम्मेदवार क्लब’ गठन गर्ने र इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गर्ने नयाँ प्रस्ताव पनि अघि सारेको छ। प्रवक्ता झाका अनुसार प्रवासमा रहेका नेपालीहरूलाई उनीहरू रहेकै ठाउँबाट मताधिकार सुनिश्चित गर्ने विषयलाई रास्वपाले प्राथमिकताका साथ कार्यसूचीमा राखेको छ । बैठकले सचिवालयले यसअघि गरेका निर्णयहरूलाई अनुमोदन गर्नुका साथै विभिन्न आयोग र निकायबाट प्राप्त पत्राचारका बारेमा पनि निर्णय लिनेछ। यसैगरी, विषयगत विभागहरूलाई योजना तयारी र नीति मन्थनका लागि आवश्यक निर्देशन दिने र संसदीय दलको विधान संशोधन गर्ने विषय पनि कार्यसूचीमा समेटिएको प्रवक्ता झाले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *