सुरक्षाकर्मी परिचालन गर्दै विश्वविद्यालयबाट विद्यार्थी संगठनका संरचना हटाउँदै सरकार

काठमाडौं । सरकारले विश्वविद्यालय परिसरमा विद्यार्थी संगठनलाई उपलब्ध गराएका संरचना दुई महिनाभित्र खाली गराउने भएको छ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उपकुलपतिहरूलाई ६० दिनभित्र विद्यार्थी संगठनलाई उपलब्ध गराएका पूर्वाधार खाली गराउन निर्देशन दिएका छन् ।

विश्वविद्यालयमा रहेका स्वतन्त्र विद्यार्थी युनियनलाई विश्वविद्यालयको नियमावली, विनियमावली लगायतमा आवश्यक संशोधन गर्दै ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता स्वतन्त्र संयन्त्र स्थापना गर्ने निर्णय समेत भएको छ । दलीय विद्यार्थी संगठन हटाउने कार्यमा कुनै प्रकारको सुरक्षा चुनौती भए, विश्वविद्यालय परिसरमा अस्थायी वा स्थायी प्रकृतिको सुरक्षा युनिट व्यवस्थापन गरिने निर्णय छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *