मनोहरामा भत्काइँदै छ सुकुम्वासी बस्ती

काठमाडौं । काठमाडौं र भक्तपुरको सीमा क्षेत्रमा पर्ने मनोहरास्थित सुकुम्वासी बस्तीमा आइतबार (वैशाख १३) बिहानदेखि पुनः डोजर चलाइएको छ । काठमाडौं र भक्तपुर दुवैतर्फका मनोहरास्थित सुकुम्वासी बस्ती खाली गराउन लागिएको हो । शनिबार बेलुका यहाँका घरटहरा भत्काउने क्रममा अवरोध गरिएको थियो । डोजर र सुरक्षाकर्मीमाथि ढुंगामुढा गरिएपश्चात् बस्ती खाली गराउने कार्य रोकिएको थियो । आज बिहानदेखि उक्त कार्यलाई फेरि निरन्तरता दिइएको हो ।

मनोहरा खोला किनारको सुकुम्वासी बस्तीका घरटहरा भत्काउने क्रममा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुरबाट सुरक्षाकर्मी खटाइएको छ । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोली पनि त्यहाँ खटाइएको छ । उक्त सुकुम्वासी बस्तीमा पक्की संरचना पनि बनाइएको पाइएको छ । सरकारले यसअघि काठमाडौंका थापाथली र गैरीगाउँस्थित सुकुम्वासी बस्ती खाली गराइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *