शिखर इन्स्योरेन्सको ऐतिहासिक उपलब्धि,५ अर्बमाथिको ब्यवसाय आर्जन गर्न सफल

काठमाडौँ । शिखर इन्स्योरेन्सले प्रिमियम संकलनमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिसम्ममा ५ अर्ब रुपैयाँमाथिको ब्यवसाय आर्जन गर्न सफल भएको हो । बढ्दो ग्राहक विश्वास, सेवा विस्तार र प्रभावकारी व्यवस्थापनका कारण बीमा व्यवसाय तीव्र गतिमा विस्तार भएको कम्पनीले जनाएको छ । प्रिमियम संकलनमा आएको यो उल्लेखनीय वृद्धि केवल वित्तीय सूचक मात्र नभई बीमा सेवाप्रति जनमानसमा बढ्दै गएको भरोसाको स्पष्ट प्रमाण भएको कम्पनीको भनाई छ ।

शिखर इन्स्योरेन्सले यस सफलतालाई आफ्ना ग्राहक, लगानीकर्ता, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाको योगदानको परिणामका रूपमा लिँदै आभार व्यक्त गरेको छ । कम्पनीले सुरक्षित भविष्य निर्माण गर्ने आफ्नो लक्ष्यलाई अझ सशक्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता पनि दोहोर्याएको छ । कम्पनीले सेवा गुणस्तर, जोखिम व्यवस्थापन र डिजिटल पहुँच विस्तारमा गरेको सुधारले आगामी दिनमा बीमा बजारलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *