पोखराको भाटभटेनी सुपर स्टोर पुनः सञ्चालनमा

काठमाडौं । पोखरास्थित भाटभटेनी सुपर स्टोर आज सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । उक्त स्टोरले सोमबारदेखि दैनिक रूपमा बिहान १० बजेदेखि नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए । ग्राहकको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको उनले बताए ।

गत भदौ २४ गते जेनजी आन्दोलनका बेला पोखराको भाटभटेनी सुपर स्टोरमा पनि क्षति पुगेको थियो । ‘फेरि पनि सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाको निरन्तर साथ, सहयोग र विश्वासप्रति रहनेमा हामी आशावादी छौं’ पौडेलले भने । गुणस्तरीय सामान र उत्कृष्ट सपिङ अनुभवका लागि परिचित भाटभटेनीको पुनरागमनले पोखरेली ग्राहकहरूलाई थप सहज हुने विश्वास लिइएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *