शिखर इन्स्योरेन्सद्धारा बीमा अभिकर्ताको तालीम सञ्चालन गर्दै

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्ति र संस्थाहरूलाई लक्षित गरी बीमा अभिकर्ताको तालीम सञ्चालन गर्ने भएको छ। कम्पनीले आउँदो जेठ २ र ३ गते निर्जीवन बीमा अभिकर्ताको र कृषि बीमा अभिकर्ताको तालीम एकसाथ सञ्चालन गर्न लागेको हो। तालिम लुम्बनी र नेपालगञ्जमा सञ्चालन हुनेछ। तालीममा सहभागीहरूले अन्तिम दिन अनिवार्य रूपमा १ घण्टा ३० मिनेटको परीक्षा दिनु पर्नेछ र सो परीक्षामा ५० प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गरेमा मात्रै बीमा अभिकर्ताको ईजाजतपत्र (लाइसेन्स) का लागि आवेदन दिन सकिनेछ।

बीमा अभिकर्ताको तालीममा सहभागी हुनका लागि एउटा निवेदन, नेपाली नागरिकता र प्यान कार्डको फोटोकपी, पासपोर्ट साइजको फोटो र १२ कक्षा उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र आवश्यक पर्नेछ। कृषि बीमा अभिकर्ताको तालीममा सहभागी हुनका लागि १२ कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रका साथै प्राविधिक योग्यता कृषि वा पशु वा वनस्पति विज्ञानमा न्यूनतम १ वर्ष तालीम वा सोभन्दा माथिल्लो योग्यता हासिल गरेको प्रमाणपत्र पनि चाहिनेछ। संस्थाको हकमा माथि तोकिएको योग्यता पूरा गरेका सञ्चालक, कार्यकारी प्रमुख वा कुनै एकजना उच्च व्यवस्थापकको नाम तालीमका लागि सिफारिस गर्नुपर्नेछ। निवेदन वैशाख २७ गतेभित्र इमेल ठेगाना मार्फत दिइसक्नु पर्नेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *