मधेसमा यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलको निर्णय
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिने चार दलले निर्णय गरेका छन् । मधेस प्रदेश सरकारमा सत्ता साझेदार चार दलले आइतबार बैठक बसेर मुख्यमन्त्री यादवकै नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको नेकपा दलका नेता युवराज भट्टराईले बताए । नेपाली कांग्रेस, नेकपा, जसपा नेपाल र लोसपा नेपालले मुख्यमन्त्री यादवकै नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिने निर्णय गरेका हुन् । बैठकले यथाशीघ्र विश्वासको मत लिने निर्णय गरेको भट्टराईले जानकारी दिए ।

















