मुख्यमन्त्री बानियाँको अग्रसरतामा बागमतीभर पूर्वतयारी, विपद्ले जनताको सपना नबगाओस्

काठमाडौं । आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको आयोजनामा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय शिवराज अधिकारीको अध्यक्षता, माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा बागमती प्रदेशमा हुनसक्ने विपद्जन्य घट्ना र त्यसको रोकथाम तथा ब्यवस्थापनको पूर्वतयारी अन्तरक्रिया कार्यक्रम रहेको थियो । बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीहरु, प्रदेश, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु र विभिन्न सुरक्षा निकायका प्रमुखहरुले आआफ्नो जिल्लाहरुमा रहेका विपद्का सामाग्री, हालको अवस्था, पूर्व तयारी र भावी रणनीतिको बारेमा प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, प्रमुख जिल्ला अधिकारीहरु, प्रदेश सुरक्षा समितिका पदाधिकारीहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुका विभिन्न सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *