प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्दै
काठमाण्डौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफसमेत दिएका थिए । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत ३१ वैशाखको बैठकमा अर्थमन्त्री डा. वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । त्यस्तै, राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे बस्दै छ ।
















