रास्वपाले तोक्यो ७७ वटै जिल्लामा अधिवेशनकेन्द्रित जिम्मेवारी

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७७ वटै जिल्लाम अधिवेशनकेन्द्रित जिम्मेवारी तोकेको छ। रास्वपाको वडा र पालिका तहका समितिहरूको अधिवेशन चलिराखेको छ। सचिवालय बैठकले यसअघि समिति गठन नभएका वडाहरूमा जेठ २ गते भेला गरिसकेको छ। त्यस्तै वैशाख २० अगावै समिति गठन भएका वडामा जेठ ३ गते अधिवेशन भएको छ। जेठ ९ गते यसअघि समिति नभएका पालिकाहरूमा भेलाको आयोजना गरिएको रास्वपाले बताएको छ।

वैशाख २५ अगावै समिति गठन भएका पालिका जेठ १० गते पालिका अधिवेशनको मिति तय गरिएको छ। जेठ ३ अगाडि गठन भएका बाँकी वडाहरूमा जेठ १६ गते अधिवेशन हुनेछ। जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका भने जेठ १७ गते पालिका अधिवेशन हुनेछ। जेठ २३ र २४ गते रास्वपाले जिल्ला अधिवेशनको मिति तय गरेको छ। यी अधिवेशनहरूको सहजीकरण र समन्वय गर्नका लागि संघीय सांसद, केन्द्रीय संघीय मञ्च केन्द्रीय विभागका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी तोकिएको रास्वपाले बताएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *