शक्तिमा आइयो भनेर विपक्षलाई निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन : पूर्वप्रधानमन्त्री कार्की
काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले विपक्षलाई निमिट्यान्न पार्छु भन्नेतिर सरकार लाग्न नहुने बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्कीले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई निमिट्यान्न गराउनेतिर सरकार लाग्न नहुने बताइन् । आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तानामुद गराउँछु भन्नेतिर पनि लाग्नु हुँदैन, कार्कीले भनिन् ।
प्रधानमन्त्री वालेन्द्र साह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई विगतलाई हेरेर अघि बढ्न उनले सुझाव दिइन् । सरकारमा आएका नवयुवाहरूले अघिल्लो कुरा र इतिहास मनन गरेर मुलुक चलाउँदा राम्रो हुने कार्कीको भनाइ छ । सत्तारुढ दलका नेताहरूले आफूहरू पनि सधैँ युवा रहँदैनौँ भन्ने कुरालाई हेक्का राख्नुपर्ने उनको भनाइ छ । विपक्षी दलहरूको सरकारको खुट्टा तान्ने प्रवृत्ति पनि ठीक नभएको उनले बताइन् ।
















