कक्रोच आन्दोलन भारतीय युवाको आक्रोश र निराशाको अभिव्यक्ति हो – केजरीवाल

काठमाडौं । भारतको आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले कक्रोच जनता पार्टी(सीजेपी)को प्रदर्शन भारतीय युवामा रहेको आक्रोशको अभिव्यक्ति रहेको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै केजरीवालले आम आदमी पार्टीले सीजेपीका मागको समर्थन गर्ने पनि बताएका छन् ।

‘यो कक्रोच आन्दोलन देशका युवाभित्र रहेको भारी आक्रोश र निराशाको अभिव्यक्ति हो,’ केजरीवालले भनेका छन्, ‘उनीहरूलाई राष्ट्रविरोधी भन्नेको साँटो मोदी सरकारले उनीहरूका समस्याको समाधान गर्नुपर्दछ ।’ सँगै उनले आफ्नो पार्टीले सीजेपीका मागलाई समर्थन गर्ने बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीले तत्काल शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई वर्खास्त गर्न सुझाव दिएका छन् । आज नयाँ दिल्लीको जन्तरमन्तरमा सीजेपीले ठूलो प्रदर्शन गरिरहेको छ । आजै बिहान सीजेपीका संस्थापक अभिजित दीपके अमेरिकाबाट भारत पुगेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *