प्रभु बैंकद्धारा श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

गोरखा । प्रभु बैंक लिमिटेडले शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ पालुङटारस्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई आधुनिक स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । बैंकको गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको विशेष पहलमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत उक्त सामग्री सहयोग गरिएको हो । यो सहयोगसँगै विद्यालयको शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक र प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ । डिजिटल रूपान्तरणको युगमा विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोड्दै भविष्यका लागि सक्षम, दक्ष र प्रतिस्पर्धी नागरिक तयार पार्न यो कार्यक्रम कोसेढुङ्गा साबित हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

प्रभु बैंकले शिक्षा, नवप्रवर्तन र समुदाय विकासलाई सधैँ प्राथमिकतामा राख्दै आएको छ । विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको ठूलो उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीहरूले बैंकको यस कार्यको उच्च प्रशंसा गर्दै ग्रामीण क्षेत्रको शैक्षिक विकासमा यसले ठूलो योगदान पुर्‍याउने बताए । बैंकले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा आफ्ना सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *